१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर वडाध्यक्षको मृत्यु



अ+ अ-

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते हुनुभएको तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय तहको निर्वाचनमा उहाँ तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । उहाँ लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको श्रीमती र तीन छोराछोरी रहेका छन् ।