५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इप्सविचको पोस्टमा सिटीको आधा दर्जन गोल, ब्राइटनसँग युनाइटेड स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले इप्सविच टाउनलाई उसकै घरेलु मैदानमा ६–० गोलले हराएको हो ।

सिटीलाई फराकिलो जित दिलाउन फिल फोडेनले दुई तथा कोभासिच, जेरेमी डोकु, एर्लिङ हालाण्ड र जेम्स म्याकाटीले एक–एक गोल गरे ।

जितसँगै सिटी २२ खेलबाट ३८ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । इप्सविच १६ अंकका साथ १८ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ । युनाइटेड घरेलु मैदानमै ब्राइटनसँग १–३ गोलले स्तब्ध बनेको हो ।

खेलको पाँचौं मिनेटमा यान्कुवा मिन्तेहले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । तर, दोस्रो हाफमा युनाइटेडले दुई गोल खायो ।

६० औं मिनेटमा काओरु मितोमा र ७६ औं मिनेटमा जर्जिनिओ रटरले गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

यो नतिजापछि युनाइटेड २२ खेलबाट २६ अंकका साथ १३ औं स्थानमा छ भने ब्राइटन ३४ अंकका साथ नवौं स्थानमा छ ।




भर्खरै