२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’



अ+ अ-

पाटन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उक्त पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज यहाँ आयोजित प्रथम महालक्ष्मी नगरभेलामा उहाँले गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाले त्यसका लागि आर्थिक विकासलाई प्राथमितामा राख्नुपर्ने बताउनुभएको हो ।

“विद्रोहको चरण पार गरेर संविधान र कानुन त लेखियो, अब रोजगारी सिर्जना, कृषिको आधुनिकिकरण, घरेलु उद्योगमार्फत उत्पादन वृद्धि गरि देशलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ”, डा भट्टराईले भन्नुभयो,“देशभित्रै सूचना प्रविधि र सेवा क्षेत्रलाई प्रोत्साहन गर्दै प्रविधि र सेवाको निर्यात गरी आर्थिक विकास तथा रोजगारी सिर्जना गर्न सकिन्छ ।”

कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य दलबहादुर लिम्बू, पार्टीका ललितपुर जिल्ला समन्वय समिति संयोजक कृष्ण महर्जन, महालक्ष्मी नगर संयोजक सुजन राजथलालगायतले धारणा राख्नुभएको थियोे ।