२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको दिन सिंगो नेपालीहरु र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन भएको उल्लेख गर्नुभयो ।

उहाँले आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा भएको बताउनु भयो । उहाँले पृथ्वीनारायाण शाह राष्ट्रको साझा सम्पती भएको बतउनु भयो । नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरु अघि सार्ने व्यक्तित्व रहेको पनि बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘यो सिंगै नेपालीहरुको र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन हो । यो दिन आफैँमा पनि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा हो । जसले इतिहास रच्नुभयो । उहाँ सबैको साझा सम्पती हो । हामी सबैले उहाँलाई सम्मान गर्नुपर्छ, उहाँको वीरताको प्रशंसा गर्नुपर्छ ।

नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरु अघि सार्ने व्यक्तित्व हुनुहुन्छ । नेपाल राष्ट्रलाई माया गर्नुपर्ने, देशलाई एकतावद्ध बनाउनुपर्ने आवश्यकता छ । देशको गौरवगाथालाई माथि उठाउनुपर्ने आवश्यकता छ । देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छ । पृथ्वीनारायण शाहको दिव्योपदेश जति प्रचार हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’

अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको दिव्योपदेश हुनुपर्ने जति प्रचार गर्न नसकेको बताउनु भयो ।