२६ पुष २०८१, शुक्रबार
,
Latest
नवलपुरको दुम्कीबासमा पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग पूर्ण अवरुद्ध मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड अध्यक्ष दाहाल—नेपाल र लिङदेनबीच सिंहदरबारमा भेट, समसामयिक राजनीतिबारे छलफल नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित यो सरकार अब अघि बढ्न सक्दैनः अध्यक्ष दाहाल संसद भंग गरी ठेलेको ठेल्यै ०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस सुपर कपको फाइनलमा रियल र बार्सिलोना भिड्ने



अ+ अ-

काठमाडौँ । स्पेनिस सुपर कपको उपाधिका लागि रियल मड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

गएराति भएको सेमिफाइनल खेलमा रियलले मलोर्कालाई ३-० गोलले हराउँदै फाइनलमा स्थान बनाएपछि फाइनलमा ‘एल क्लासिको’ भिडन्त हुने भएको हो ।

रियललाई जित दिलाउन जुड बेलिङम र रोड्रिगोले गोल गरे । एक गोल भने रियलले उपहारस्वरुप पायो । मलोर्काका मार्टिन भालेन्टले आत्मघाती गोल गरेका हुन् ।

यसअघि अर्को सेमिफाइनलमा बार्सिलोनाले एथ्लेटिक बिल्वाओलाई २-० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेल आउँदो आइतबार मध्यरातमा पौने एक बजे साउदीको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुनेछ ।