१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाको निर्णय बिरुद्ध पौडेल पक्ष, पार्टी कार्यालयमा बिरोध पत्र दर्ता गर्ने तयारी



अ+ अ-

काठमाडौ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक पक्षिय रुपमा  निर्णयहरु सच्याउन  माग गर्दै असन्तुष्ट समूहले पार्टी कार्यलयमा बिरोध पत्र बुझाउने भएको छ ।  

वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति  देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै सोमबार विरोधपत्र दर्ता तयारी गरेको हो ।

आईतबारनै बिरोधपत्र दर्ता गराउन खोजेपनि  अर्का नेता कृष्णप्रसाद सिटौला  समूहलाई मनाउने प्रयास असफल भएपछि आज दर्ता गर्न लागिएको हो ।

बिरोध पत्रमा हाल सम्म  २७ केन्द्रिय सदस्यले हस्ताक्षर गरेका छन् । कामचलाउको रुपमा मात्र रहेका सभापतिले आफुखुसी  क्रियाशील सदस्यता वितरण, बिभिन्न विभाग गठन र विस्तारका काम विधान  बिपरीत गरेकोभ न्दै पौडेल समूहले निरन्तर बिरोध गरिरहेकाे छ ।