२६ पुष २०८१, शुक्रबार
,
Latest
नेपालमा अम्पायरिङको स्तर नसुधारे भविष्यमा अनगिन्ती खेलाडीले पीडा भोग्नेछन्ः सन्दीप लामिछाने गुल्मीमा सुन्तला उत्पादन बढ्यो अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने जिमी कार्टरको राजकीय अन्त्येष्टिमा अमेरिकी शोक टोखाको चाकु अर्थात ‘नेपाली चकलेट’: विचौलियाको मारमा व्यवसायी, सरकारले गर्दैन सहयोग रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित स्पेनिस सुपर कपको फाइनलमा रियल र बार्सिलोना भिड्ने झापामा सीमास्तम्भ मर्मत गरिँदै प्रधानमन्त्री ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेट, के भयो कुरा ? रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै, थुनामुक्त भएपछि भने– ‘धेरै लडाईं बाँकी छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको उक्त भेटमा दुईदेशबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिनुभयो ।

उक्त भेटवार्तामा इपिएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने र सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधिबारे छलफल भएको थियो ।

त्यसैगरी इपिएस उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, शिप बिल्डिङलगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरेका कामदारलाई छिटो, सरल र सहज ढङ्गबाट पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको छ ।

मन्त्री भण्डारीले सीप विकासमा कोरिया सरकारले सहयोग गर्न आग्रह गर्नुभएको थियो । राजदूत योङले नेपाली कामदारहरुको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेकोसमेत बताउनुभयो ।

आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने सम्भावना भएकाले दुवै पक्षले सीप विकासमा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।