२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको अपिहिमाल गाउँपालिकको केन्द्र खण्डेश्वरीसम्म सडक निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग आज आफ्नै निवासमा भएको छलफलमा उहाँले प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा पालिकाको समग्र विकासमा लागि पर्ने विश्वास दिलाउनुभयो ।

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएका बेलामा थोरै भए पनि बजेट विनियोजनको सुरूआत गरिएको जानकारी दिँदै बजेट वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले त्यतिबेला पालिका मुकामसम्म पुग्नेगरी बजेटका लागि निर्देशन दिइएको भए पनि आवश्यक बजेट नपरेको स्वीकार गर्नुभयो ।

सुदूरपश्चिमको परिचित अपिहिमालका नामबाट स्थापित यो गाउँपालिकाले विकास निर्माणमा पनि त्यहीअनुसारको अपेक्षा गर्नु स्वभाविक भएको भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागि पनि पर्यटन बोर्ड र विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणमार्फत काम अघि बढाउन आग्रह गरिने बताउनुभयो ।

छलफलमा गाउँपालिकाका प्रतिनिधिले पालिकाको मुकामसम्म पुग्न १० किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । उहाँहरूले पालिकाका सबै वडा र बस्तीमा राष्ट्रिय विद्युत् लाइन विस्तार र वडा नं ३ को भूगोल ठूलो भएकाले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।

सो क्रममा अध्यक्ष दाहाललाई गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, उपाध्यक्ष देवकीदेवी बोहरा, सबै वडाका वडाध्यक्ष, कर्मचारी, नेपाली कांग्रेसका पालिका सभापति शोवनसिंह लोथ्याल, माओवादी केन्द्रका पालिका उपाध्यक्ष मोहनसिंह कार्की र एमालेका प्रतिनिधि नरेन्द्रसिंह रोकायालगायतले हस्ताक्षर गरेको तीन सूत्रीय ज्ञापनपत्र बुझाइएको थियो ।