२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले छाडेको भनि गरिएको प्रचार एमाले र मविरुद्ध फैलाइएको सुनियोजित भ्रम र षडयन्त्रः सचिव भट्ट



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचिव लेखराज भट्टले आफूले एमाले छाडेको भनि गरिएको प्रचार एमाले र आफू विरुद्ध फैलाइएको सुनियोजित भ्रम र षडयन्त्र भएको भट्टले प्रष्ट पार्नुभएको छ ।

आफूले एमाले बाहिर रहने कुराका कल्पना समेत नगरेको बताउँदै भट्टले सुदूरपश्चिममा कमजोर बन्दै गएका शक्तिहरूले यस्तो भ्रम फैलाएका बताउनुभयो ।

भट्टले सुदूरपश्चिममा एमालेको बढ्दो प्रभाव रोक्नका लागि भ्रम फिँजाउन यो काम भएको बताउनुभयो । ‘यति बेला सुदूरपश्चिममा एमाले बलियो शक्ति बनेको छ, अरू सबै कमजोर भएका छन्, त्यही भएर म माथि प्रहार गरेर मेरो राजनीतिक चरित्र हत्या गर्न सकियो भने केही गर्न सकिन्छ कि भन्ने प्रवृत्तिले अहिले भ्रम फिँजाउने काम गरिरहेका छन्’, उहाँले भन्नुभयो ।

कतिपय मानिसहरूको आफू उनीहरूसँग रहिरहोस् र उनीहरूको लागि काम गरिदेओस् भन्ने अभीष्ट भएको हुनसक्ने बताउँदै भट्टले उनीहरूको स्वार्थ अनुसार काम नगरेपछि यस्तो हर्कत गरिएको बताउनुभयो । ‘म माथिको प्रहार भनेको अहिले एमाले एमाले सुदूरपश्चिम माथिको प्रहार हो, जसरी अहिले पार्टी केन्द्रमा हाम्रो अध्यक्ष केपी ओली माथि प्रहार भइरहेको छ त्यस्तै सुदूरपश्चिममा म माथि प्रहार भएको हो, टाउकोमा नै हान्यो भने केही गर्न सकिन्छ कि भन्ने विभिन्न प्रवृत्तिका मानिसहरूलाई लागेको हुनसक्छ तर त्यो सम्भव छैन’, भट्टले भन्नुभयो ।

सुदूरपश्चिममा नेकपा एमालेको इञ्चार्ज भएकोले आफू माथि प्रहार गरेपछि एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कतिपयलाई लागेको हुनसक्ने उहाँले बताउनुभयो । ‘यही कोणबाट यी प्रवृत्तिहरूले चलखेल गरेका हुन् भन्ने मलाई लाग्छ’, उहाँले भन्नुभयो ।

यी सबै चलखेल र भ्रमलाई चिरेर सुदूरपश्चिममा पार्टीको अभियानलाई थप बलियो बनाएर लैजाने भट्टले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘पार्टीले अहिले तलसम्म काम गर्ने वार्षिक कार्ययोजना बनाएको छ, अहिले नयाँ ढङ्गले समीक्षा पनि गरेको छ, घरदैलोसम्म पुग्ने तीन महिने अभियान चलेको छ, तीन महिने अभियानमा हामी तलसम्म पुग्छौँ, यसले पार्टीलाई एकताबद्ध बनाउन र सबै खालका भ्रम चिर्न मद्दत गर्दछ’, भट्टले भन्नुभयो ।