२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः दुईजना धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेश अनुसार मंगलबार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा धरौटीमा रिहा भएका हुन् ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश गरेका थिए । नेवा चार लाख र लामा तीन लाख धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

स्वर्णलक्ष्मीको ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपमा ३९ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।