१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपीमा उपचाररत एक जना संक्रमितको मृत्यु



अ+ अ-

सुनसरी ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान मोरङको सुनवर्षी नगरपालिका–७ का ६८ वर्षीय पुरुषको  मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक पुरुष विराटनगरको नोबेल मेडिकल कलेजमा रिफर गरिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक पुरुषको स्वाब संकलन गरेर नोबेल कलेजमै पीसीआर जाँच गर्दा असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि कोभिड अस्पतालको भेण्टिलेटरसहितको आईसियूमा राखेर उपचार गर्दागर्दै संक्रमित पुरुषको मुत्य भएको थियो । योसहित बीपी प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ ।