११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै एमाले बैठक समापन

अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै एमाले बैठक समापन
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ । आईतवारदेखि शुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिनुभयो । उहाँले बैठकले काँग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निस्कर्ष निकालेको समेत बताउनु भयो ।

बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्दर्भमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत बताउनु भयो । उहाँकाअनुसार सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम सफल होस् भन्ने कामना गरेको छ ।

उहाँले विगत तीन दशकमा सशस्त्र द्वन्द्व, कोरोना महामारी र नाकाबन्दीका बाबजुद मुलुकले प्राप्त गरेका उपलब्धीहरु महत्वपूर्ण भएपनि समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ भएर अघि बढ्ने संकल्प बैठकले लिएको बताउनु भयो । उहाँले ‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि आत्मविश्वासका साथ बढ्ने र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरण गर्ने अभियानमा सहभागि हुन सबैलाई आह्वान गरिएको समेत बताउनु भयो ।

बैठकका निर्णयहरु सुनाउँदै उहाँले भन्नुभयो, ‘नेकपा (एमाले)को केन्द्रिय कमिटिको बैठक आज सम्पन्न हुने क्रममा रहेको छ । तीन दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र पार्टी महासचिव शंकर पोखरेलले प्रश्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन पारित भएको छ । त्यसमा रहेका विभिन्न १४ वटा महत्वपूर्ण प्रश्तावहरु पारित गर्दै आजको बैठक समापनतर्फ गैसकेका छौं ।

मुलतः राजनीतिक, समसामयिक प्रस्तावहरुमा हामीले नेपाली काँग्रेस एमाले नेतृत्वको सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको, प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा सात दल समावेश भएको सरकारले केही महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको तथा पार्टीले गर्नुपर्ने केही महत्वपूर्ण कामहरु सुशासन, डेलिभरीका सन्दर्भमा सरकारलाई यथेष्ठ सुझाव तथा सल्लाह दिएको छ । र सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाउँदै यस एतिहासिक सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम गर्न सफल होस् भन्ने बैठकले कामना गरेको छ ।

दोस्रो, लामो सशस्त्र द्वन्द्व र लामो संक्रमण काल, भूकम्प महामारीको बीचमा विगत तीन दशकमा हामीले प्राप्त गरेका उपलब्धीहरु महत्वपूर्ण छन् । यद्यपी आज पनि सुस्त विकास, न्युन आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भता जस्ता चुनौतिहरु विद्यमान छन् । यसलाई राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ संकल्प बन्नुपर्छ र समृद्ध नेपाल र सुखि नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्नका निम्ति बलियो आत्मविश्वासका साथ हामी अगाडि बढ्नुपर्छ र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरण गर्ने अभियानमा सहभागि हुन हामीले सबैलाई आह्वान गरेका छौं ।

त्यसैगरी, स्वदेशभित्र अवसर नदेखेर अथवा भएको अवसर सदुपयोग गर्न नसकेर युवाहरुको युवाहरुको प्रवाशनबारे नेकपा एमाले चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौं भनेर हुटहुटी बोकेका युवाहरुलाई प्रोत्साहन, सहयोग गर्ने निर्णय समेत भएको छ ।’

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा रोखेका थिए । राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो ।