२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, जवाफ दिँदै ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा मंगलबार अध्यक्ष ओलीले सदस्यका प्रश्नको जवाफ दिइरहेका छन् ।

गएको आइतबारको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूलाई बोल्न तीन मिनेटको समय दिइएको थियो ।

उनीहरूले पार्टीमा गुटबन्दी बढेको, सरकारले प्रभावकारी काम गर्न नसकेको धारणा राखेका थिए ।

आगामी माघदेखि तीन महिने वडा केन्द्रित कार्यक्रम गर्ने कार्ययोजना पारित गरेर बैठक सक्ने एमालेको तयारी छ ।