२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटले हरायो



अ+ अ-

काठमाडौँ । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ ।

केप टाउनको न्युल्यान्ड्स स्टेडियममा चौथो दिनको खेलमा घरेलु टोलीले ६१ रनको लक्ष्य पाएको थियो जुन टोलीले बिना कुनै क्षति ७.१ ओभरमा पुरा गरेको थियो ।

दक्षिण अफ्रिकाले पहिलो टेष्ट २ विकेटले जितेकाले सिरिज पनि घरेलु टोलीको नाममा रह्यो ।

पहिलो इनिङ्समा २५९ रनको म्याराथन इनिङ खेल्दै ओपनर रायन रिकेल्टन प्लेयर अफ द म्याच भए । १० विकेट लिने मार्को जान्सन प्लेयर अफ दि सिरिज चुनिए ।

चौथो दिनको दोस्रो इनिङ्समा पाकिस्तानले २१३र१ रन बनाएको थियो । शान मसुदले १०२ रन बनाएर अगाडि खेल्न थाले । खुर्रम शहजाद १८ रन बनाएर आउट भए । उनीपछि सबै ब्याट्सम्यानले राम्रो सुरुवात गरे पनि ठूलो इनिङ्स खेल्न सकेनन् ।

मसुद १४५ रन बनाएर आउट भए । उनीपछि कामरान गुलाम २८, साउद शकील २३, मोहम्मद रिजवान ४१, सलमान आगा ४८, आमिर जमाल ३४ र मिर हम्जा १६ रन बनाएर आउट भए । टोलीले दोस्रो इनिङ्समा ४७८ रन बनाएर दक्षिण अफ्रिकालाई ६१ रनको लक्ष्य दिएको थियो ।

बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडा र केशव महाराजले ३–३ विकेट लिए । मार्को जान्सनले २ तथा क्वेना माफाकाले १ विकेट लिए । माफाकाले मसुदको ठूलो विकेट लिए । टोलीका ३ बलरले १०० भन्दा बढी रन दिए ।

दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा रायन रिकेल्टनको स्थानमा डेभिड बेडिङह्यामलाई ओपनिङमा पठायो । उनले तीव्र ब्याटिङ गर्दै ३० बलमा ४७ रन बनाएर टोलीलाई जित दिलाए । उनले ५ चौका र २ छक्का प्रहार गरे । उनका अगाडि एडेन मार्कराम १३ बलमा १४ रन बनाएर नटआउट रहे ।