२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटले हरायो



अ+ अ-

काठमाडौँ । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ ।

केप टाउनको न्युल्यान्ड्स स्टेडियममा चौथो दिनको खेलमा घरेलु टोलीले ६१ रनको लक्ष्य पाएको थियो जुन टोलीले बिना कुनै क्षति ७.१ ओभरमा पुरा गरेको थियो ।

दक्षिण अफ्रिकाले पहिलो टेष्ट २ विकेटले जितेकाले सिरिज पनि घरेलु टोलीको नाममा रह्यो ।

पहिलो इनिङ्समा २५९ रनको म्याराथन इनिङ खेल्दै ओपनर रायन रिकेल्टन प्लेयर अफ द म्याच भए । १० विकेट लिने मार्को जान्सन प्लेयर अफ दि सिरिज चुनिए ।

चौथो दिनको दोस्रो इनिङ्समा पाकिस्तानले २१३र१ रन बनाएको थियो । शान मसुदले १०२ रन बनाएर अगाडि खेल्न थाले । खुर्रम शहजाद १८ रन बनाएर आउट भए । उनीपछि सबै ब्याट्सम्यानले राम्रो सुरुवात गरे पनि ठूलो इनिङ्स खेल्न सकेनन् ।

मसुद १४५ रन बनाएर आउट भए । उनीपछि कामरान गुलाम २८, साउद शकील २३, मोहम्मद रिजवान ४१, सलमान आगा ४८, आमिर जमाल ३४ र मिर हम्जा १६ रन बनाएर आउट भए । टोलीले दोस्रो इनिङ्समा ४७८ रन बनाएर दक्षिण अफ्रिकालाई ६१ रनको लक्ष्य दिएको थियो ।

बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडा र केशव महाराजले ३–३ विकेट लिए । मार्को जान्सनले २ तथा क्वेना माफाकाले १ विकेट लिए । माफाकाले मसुदको ठूलो विकेट लिए । टोलीका ३ बलरले १०० भन्दा बढी रन दिए ।

दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा रायन रिकेल्टनको स्थानमा डेभिड बेडिङह्यामलाई ओपनिङमा पठायो । उनले तीव्र ब्याटिङ गर्दै ३० बलमा ४७ रन बनाएर टोलीलाई जित दिलाए । उनले ५ चौका र २ छक्का प्रहार गरे । उनका अगाडि एडेन मार्कराम १३ बलमा १४ रन बनाएर नटआउट रहे ।