२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्कार दिवसका अवसरमा रैथाने खाना प्रदर्शन गरिने



अ+ अ-

काठमाडौँ । नेपाल सत्कार दिवस ९नेपाल हस्पिटालिटी डे–२०२५’ को दोस्रो संकरण आगामी माघ २ गते हुने भएको छ ।

होटल सङ्घ नेपालको स्थापना दिवसको अवसरमा सत्कार दिवस मनाउन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटल क्षेत्रका सम्भावना, चुनौती तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सत्कार दिवस आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिनुभयो ।

यस पटकको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले सङ्घले प्रकाशनमा ल्याएको ‘नेपाल होटल इयर बुक’को विमोचन गरिने उहाँले बताउनुभयो । सोही अवसरमा रैथाने खाना प्रवर्द्धनका लागि सातै प्रदेशका मुख्य रैथाने खानाका परिकार प्रदर्शन गरिने गरिने सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

होटल सङ्घ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने सङ्घले जनाएको छ ।