२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णलक्ष्मी सहकारी ठगीः १३ जनाबारे थप अनुसन्धान गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन मुद्दामा संलग्न १३ जनाबारे थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्द्शन दिएको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले सहकारीको बचत अपचलनको आरोप लागे पनि प्रतिवादी नबनाएपछि नेपाली कांग्रेसकी सांसद माया राईसहितलाई थप अनुसन्धान गर्न निर्देशन दिएको हो । उनी स्वर्णलक्ष्मीको सहसचिव रहेकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ४४ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तर सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो। अनुसन्धान प्रतिवेदनमा तिनपुस्ते यकिन विवरण नखुलेका राइसहित याम कुमार नाल्बो, सुरज श्रेष्ठ, पुनम कुमारी चालिसे, मिरा बम्जन र संजिव गिरी समेतलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो ।

यस्तै, ठुलो मात्रामा कर्जा रकम लिएर नतिर्ने शम्भु गुरागाईं, ओम प्रकाश गुरुङ, लक्ष्मी प्रसाद पौडेल, उमेश गुरुङ, दिपेश कुमार पुन, भिम बहादुर तामाङ र पुष्पा राईबारे पनि थप अनुसन्धान गर्न भनिएको छ ।