५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी सपनाहरुले दिन्छ शुभ संकेत



अ+ अ-

एजेन्सी । सपना विज्ञानका अनुसार हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ । कतिपय सपनाले शुभ संकेत दिन्छ भने कतिपयले अशुभ संकेत पनि दिन्छ । धेरै पटक हामीले सपनामा यस्ता कुरा देख्छौं जुन हामीले बुझ्दैनौं ।

लडाई–झगडा देखेमा
सपनामा झगडा भइरहेको देख्नुको अर्थ छिट्टै धन प्राप्त हुने छ । यदि सपनामा तपाई आफैँ लडिरहेको देख्नुहुन्छ भने, यो सपनाले भविष्यमा तपाईलाई धेरै सम्मान प्राप्त हुने संकेत हो ।

घर जलिरहेको देखेमा
सपना शास्त्रका अनुसार, यदि तपाईंले घर जलेको देख्नुभयो भने, यसको मतलब तपाईंको केहि इच्छाहरू पूरा हुन लागेको छ, जुन तपाईं लामो समयदेखि पर्खिरहनुभएको थियो ।

सपनामा कसैको मृत्यु भएको देखेमा
यदि तपाईंले सपनामा आफूलाई कसैको कब्जामा रहेको देख्नुभयो भने, यसको अर्थ केही आसन्न संकट टार्न लागेको छ । सपनामा मरेको देख्ने व्यक्तिको उमेर पनि बढ्छ । सपनामा आत्महत्या देखेमा डराउनु पर्दैन । यो शुभ संकेत मानिन्छ ।

कसैलाई जलिरहेको देखेमा
सपनामा कसैलाई जलेको देख्नुभयो भने यो पनि शुभ संकेत हो । यसको मतलब तपाई चाँडै आर्थिक संकटबाट छुटकारा पाउनुहुनेछ र भविष्यमा मौद्रिक लाभ हुनेछ । महिलाले आफ्नो कपाल कोरेको देख्नु भनेको सुन, चाँदी वा पैसा प्राप्त हुने संकेत हो ।