११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भीम रावलबारे एमाले नेताहरुः पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य र औपचारिक प्रक्रिया

भीम रावलबारे एमाले नेताहरुः पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य र औपचारिक प्रक्रिया
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेताहरुले पार्टीबाट पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताउनुभएको छ ।

आईतवार केन्द्रिय कमिटिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँहरुले यस्तो बताउनुभएको हो । केन्द्रिय सदस्य महेश बस्नेतले विगत तीन वर्षदेखि पार्टी गतिविधिमा सक्रिय नहुनु भएको र पार्टी निर्णयको विरोधमा उत्रिएपछि कारबाही गरिएको बताउनु भयो । उहाँकाअनुसार पार्टीले सोधको स्पष्टिकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरेको हो ।

उहाँले भन्नुभयो, ‘हामीले पार्टीको दशौं महाधिवेशनमा उपाध्यक्ष बन्नको लागि निकै अनुनय विनय गर्यौँ हामीले । उहाँले पार्टी अध्यक्ष बन्ने तिव्र इचछा जनाउनु भयो । पार्टी अध्यक्षबाट पराजित भइसकेपछिको पहिलो केन्द्रीय कमिटिको बैठकमा नै हामीले उहाँलाई केन्द्रिय सदस्यको रुपमा पार्टीमा काम गर्न अनुरोध गर्यौँ ।

उहाँले त्यो प्रस्तावलाई स्विकार गर्नुभएन । त्यसपछि उहाँलाई सल्लाकार समितिमा बस्ने भुमिका दियौं । त्यो पनि उहाँले स्वीकार्नु भएन । तीन वर्षदेखि उहाँ पार्टीको कुनै गतिविधिमा रहनु भएन । र पार्टीका हरेक निर्णय र हरेक राम्रा गतिविधिका विरुद्धमा उहाँ लाग्नुभयो ।

स्पष्टिकरण सोध्दा दिनु भएन । उहाँले आफूलाई नै निस्क्रिय बनाउनुभएको थियो । उहाँले नयाँ अभियान सञ्चालन गर्ने सूचना पार्टीले पाएपछि निष्कासन गरेको हो । यो एकदमै सामान्य र औपचारिक प्रक्रिया हो ।’

सांसद योगेश भट्टराईले उहाँलाई अगामी राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस् भनेर एमालेले निकास दिएको बताउनु भयो । उहाँले रावलले कम्युनिष्ट विचार र कम्युनिष्ट आन्दोलन छोडेको विषयले नै उहाँ एमालेबाट राजिखुशी निस्किनुभएको स्पष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा उहाँले नै कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट विचार छोडेको कुराहरु आइरहेको छ । यसबाट नै पुष्टि हुन्छ उहाँ राजिखुशीले नै उहाँलाई राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस भने नै नेकपा एमालेले निकास दिएको हो ।’

पार्टी गतितिविधिमा सक्रिय नहुने र पार्टीको विधान नमान्ने जोकोहीलाई कारबाही गरिनु सामान्य विषय भएको उहाँको भनाइ छ