२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलो आँधीबेहरी, हिमबर्षा र चिसो चिन्ताले अमेरिकाका अधिकांश भाग आक्रान्त



अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ । मौसमविद्हरूले पूर्वका लाखौँ मानिसहरूले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात हुनेछ।

छ करोडभन्दा बढी मानिसल खतरनाक हिमआँधीको जोखिम सहनुपर्ने देखिएका हो ।संयुक्त राज्य अमेरिकाको पूर्वी आधा भागलाई आर्कटिक हावाको चिसोले प्रभावित पार्नेछ भने हिमबर्षाका कारण प्रमुख राजमार्गको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको छ ।

राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–एटलान्टिकसम्मका राज्यहरूमा हिमपात र आँधीबेहरीको प्रभावको चेतावनी दिएको छ। पश्चिमी कान्सास क्लियरबाट तटीय राज्य मेरिल्याण्ड, डेलावेयर र भर्जिनियासम्म जाडो यामको चिसो आँधीको चेतावनी जारी गरिएको छ, जसले असामान्य रूपमा १,५०० माइल (२,४०० किलोमिटर) क्षेत्रमा तत्काल खतरा उत्पन्न गरेको छ ।
एनडब्लुएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “भारी हिमपातले अत्यधिक ठण्डी निम्त्याउदा मध्य–एटलान्टिक क्षेत्रमा सोमबारसम्म प्रभाव पार्नेछ।”

उत्तरपूर्वी कन्सासदेखि उत्तर–मध्य मिसौरीसम्मका क्षेत्रमा दशकयताकै सबैभन्दा ठूलो हिमपात हुने चेतावनी मौसम पुर्वानुमान निकायले दिएको छ । मानव सिर्जित जलवायु परिवर्तनका कारण मौसम सामान्यबाट चरम र गम्भीर बन्दै गएको वैज्ञानिकहरूले बताएका छन् ।

सन् २०२५ को पहिलो ठूलो आँधीले यात्रामा आतङ्क मच्चाइरहेको छ भने कन्सास सिटी अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार आफ्नो उडान बन्द गर्ने घोषणा गरेको छ । कन्सास सिटीका मेयर क्विन्टन लुकासले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “एयरफिल्ड रनवे र ट्याक्सीवेको सरसफाईपछि उडान पुनः सुरु भएको छ ।