७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

इसेवाले पायो आइएसओ २७००१ : २०१३ मान्यता प्राप्त प्रमाणपत्र

इसेवाले पायो आइएसओ २७००१ : २०१३ मान्यता प्राप्त प्रमाणपत्र
अ+ अ-

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै  एक दशक भन्दा लामो समयदेखि मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि गरेको छ । 

आइएसओबाट प्रमाणित भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘हामीले स्थापनाकाल देखी नै सूचना प्रणाली , गोपनियता र  सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ । हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउदै आएका छाँै । यसै सिलसिलामा सुचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आइएसओ २७००१  तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु हामी, हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा बित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पुर्ण सरोकारवालाको लागी खुशीको कुरा हो । यो आइएसओबाट सर्टिफाइड भएसँगै  हाम्रो सेवा सुरक्षित र गुणस्तरिय छ भन्ने कुराको थप पुष्टि भएको छ ’ । 

आइएसओ  २७००१ः२०१३ (हालको संस्करण)  संसारमा सबैभन्दा विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मूख्य आधार नै आइएसओलाई चिनिन्छ । यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुको बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनियता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ । आइएसकोको यो प्रमाणपत्र प्राप्त गरेसँगै इसेवाले सूचना सुरक्षा प्रणाली व्यवस्थापनमा निर्माण गरेको संरचना विश्वस्तरिय रहेको थप पुष्टि भएको छ । 

नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढि रहेको छ  । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको छ । हाल इसेवाका देशभर एक लाख  भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् भने इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करिब ३५ लाख छ ।