२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताउनु भयो । उहाँले देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्ने बताउनु भयो । उहाँले राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो । उहाँले राजनीति नीतिहरुको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताउनु भयो । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थिति अलिकति गम्भीर र जटिल छ भन्नेकुरा हो । देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्छ । राजनीति नीतिहरुको राजा हो भनिन्छ । त्यसकारण राजनीति सफा भएन, राजनीति सही नियतअनुसार अघि बढेन भने त्यसको नकारात्मक प्रभाव चौतर्फी पर्छ नै । हामीले त्यसको सफाई गर्नैपर्छ ।

त्यो सफाई गर्नकै लागि नै मैले राजनीनिक नेतृत्व तहमा पनि लगातार संवाद नगरेको होइन, के सत्ता पक्ष, के प्रतिपक्ष । तपाईंहरुले रेकर्ड हेर्नुभयो भने यति धेरै सत्ता पक्ष र प्रतिपक्षका बैठक भएका छन् । यति धेरै सहमतिको प्रयास गरिएको छ । तर दुर्भाग्य अहिले सत्ता पक्ष र प्रतिपक्षको बीचमा त्यस खालको संवाद रोकिएको छ । त्यसलाई अगाडि बढाउने भन्दा प्रतिपक्ष कहिले कहिले भन्ने गरिन्छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा । हामी विगतदेखि यो कुरा देखेकै कुरा हो । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति म प्रधानमन्त्री हुँदा पनि त्यही कुरा भनेको थिएँ, सबै सेटिङ भत्काएर विकासको पहल गरेको थिएँ, अहिले प्रतिपक्षमा हुँदा पनि त्यही कुरा भनेको छु ।’

अध्यक्ष दाहालले साना तथा मझौला उद्योगी, व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिसमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनुपर्ने, भन्सार दर समय सापेक्ष परिमार्जन गर्नेपर्ने, शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नका लागि वैज्ञानिक घर भाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र प्रदान गरेपश्चात पुनरावलोकन हुन नहुने लगायतका महासंघका एजेण्डा समय सान्दर्भिक रहेको बताउनु भयो ।