२३ पुष २०८१, मंगलवार
,
Latest
सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषद्को निर्णय सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त खुम्बु क्षेत्रमा उडान गर्न पाइने एमाले केन्द्रीय कमिटीले पारित गरेका यी हुन् १४ प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रीय कमिटीले पारित गरेको यस्तो छ १६ बुँदे प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावितः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान



अ+ अ-

काठमाडौं । सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दू महासंघद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान गरिएको छ ।

विश्व हिन्दू महासंघद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उहाँलाई हिन्दू धर्म संरक्षण एवं सम्बर्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दू महासंघका पदाधिकारीहरुले सो अवार्ड प्रदान गर्नुभएको थियो ।

विश्व हिन्दू महासंघले यो अवार्ड हरेक पाँच बर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दू धर्मको संरक्षण र सम्बर्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदान गर्ने गर्दछ ।

हिन्दू धर्मको संरक्षण र सम्बर्धनका साथै सनातन हिन्दू धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ठ योगदान गरेकाले पूर्वमन्त्री आलेसहित भारत तथा विश्वका विभिन्न देशका वरिष्ठ व्यक्तित्वहरुलाई यो अवार्ड प्रदान गरिएको हो ।

शुक्रबार आयोजित सो विशेष समारोहमा विश्वहिन्दू महासंघका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिहरुसहितका विशिष्ट अतिथिहरुको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।

सो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरुमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरु एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय उद्योगपति गीताञ्जली कर्लाेस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय पतका, भारतका प्रसिद्ध समाजसेवी भगवान गंगाराम पाण्डे, भारतका प्रसिद्ध समाजसेवी राजश्री बिरला, श्रीलंकाका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिंगापुरका अध्यक्ष ओमप्रकाश राई लगायत हुनुहुन्छ ।

सो कार्यक्रममा बोल्दै पूर्वमन्त्री आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुसहित अवार्ड प्रदान गरेकोमा विश्व हिन्दू महासंघलाई विशेष धन्यवाद ज्ञापन गर्दै उक्त प्रसिद्ध अवार्डले आफूलाई निकै खुसी लागेको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि आफू हिन्दू सनातन धर्मको रक्षा तथा सम्बर्धनमा लागिपर्ने धारणा पनि सो समारोहमा राख्नुभएको थियो ।

उक्त समारोहमा भारतको समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, विश्व हिन्दू महासंघका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा आजय सिंहले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाएकामा उक्त महासंघ तथा खाटु श्याम दिल्ली धामका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।