२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्यासको बारेमा रोहितले भने- दुई सन्तानका बाबु हुँ, के गर्नुपर्छ भन्ने मलाई थाहा छ



रोहित शर्मा
अ+ अ-

एजेन्सी । भारत र अस्ट्रेलियाबीच सिड्नीमा भइरहेको पाँचौं टेस्टमा रोहित शर्माले खेलिरहेका छैनन् । रोहित प्लेइङ इलेभेनमा नभएपछि धेरै प्रश्न उठेका थिए । रोहितले शनिबार स्टार स्पोर्ट्ससँग कुरा गर्दै भने, ‘मैले सन्यास लिएको छैन ।’

रोहितले सिड्नी टेस्टमा खराब फर्मका कारण आफू नखेलेको बताए । ‘यो निर्णय लिन गाह्रो थियो, तर यो टोलीको हितमा लिइएको थियो । टोलीमा कसलाई रहने वा नराख्ने भन्ने हाम्रो निर्णय हो । अरू कसैले निर्णय गर्न सक्दैन ।’ उनले भने ।

रोहितले थप भने ‘माइक, पेन वा ल्यापटप बोकेर मान्छेको बोलीले जिन्दगी बदलिदैन । मैले कहिले सन्यास लिने, कहिले बाहिर बस्ने, कहिले कप्तानी लिने भन्ने कुरा उनीहरूले तय गर्न सक्दैनन् । म एक समझदार मान्छे, दुई छोराछोरीको बुबा हुँ । त्यसैले मलाई थाहा छ कहिले के गर्ने भनेर ।’

जसप्रित बुमराहले सिड्नी टेस्टमा भारतको कप्तानी गरिरहेका छन् । यस खेलमा रोहितको स्थानमा शुभमन गिलले मौका पाएका छन् ।

भारतीय कप्तान रोहित शर्मा बोर्डर–गावस्कर ट्रफीमा फ्लप भएका छन् । उनले ३ टेस्टको ५ इनिङ्समा ३१ रन मात्र बनाउन सके । उनको औसत ६.२० रहेको छ । २०२४ मा उनले २४.७६ को औसतमा १३१ रन मात्र बनाउन सकेका थिए ।