२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्यासको बारेमा रोहितले भने- दुई सन्तानका बाबु हुँ, के गर्नुपर्छ भन्ने मलाई थाहा छ



रोहित शर्मा
अ+ अ-

एजेन्सी । भारत र अस्ट्रेलियाबीच सिड्नीमा भइरहेको पाँचौं टेस्टमा रोहित शर्माले खेलिरहेका छैनन् । रोहित प्लेइङ इलेभेनमा नभएपछि धेरै प्रश्न उठेका थिए । रोहितले शनिबार स्टार स्पोर्ट्ससँग कुरा गर्दै भने, ‘मैले सन्यास लिएको छैन ।’

रोहितले सिड्नी टेस्टमा खराब फर्मका कारण आफू नखेलेको बताए । ‘यो निर्णय लिन गाह्रो थियो, तर यो टोलीको हितमा लिइएको थियो । टोलीमा कसलाई रहने वा नराख्ने भन्ने हाम्रो निर्णय हो । अरू कसैले निर्णय गर्न सक्दैन ।’ उनले भने ।

रोहितले थप भने ‘माइक, पेन वा ल्यापटप बोकेर मान्छेको बोलीले जिन्दगी बदलिदैन । मैले कहिले सन्यास लिने, कहिले बाहिर बस्ने, कहिले कप्तानी लिने भन्ने कुरा उनीहरूले तय गर्न सक्दैनन् । म एक समझदार मान्छे, दुई छोराछोरीको बुबा हुँ । त्यसैले मलाई थाहा छ कहिले के गर्ने भनेर ।’

जसप्रित बुमराहले सिड्नी टेस्टमा भारतको कप्तानी गरिरहेका छन् । यस खेलमा रोहितको स्थानमा शुभमन गिलले मौका पाएका छन् ।

भारतीय कप्तान रोहित शर्मा बोर्डर–गावस्कर ट्रफीमा फ्लप भएका छन् । उनले ३ टेस्टको ५ इनिङ्समा ३१ रन मात्र बनाउन सके । उनको औसत ६.२० रहेको छ । २०२४ मा उनले २४.७६ को औसतमा १३१ रन मात्र बनाउन सकेका थिए ।