२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छः विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बतउनु भयो । उहाँले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य रामसरोज यादव सहितका नेताहरूको सहभागिता रहेको थियो ।