५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिनल्याण्डमा अफवाह प्रेमीसँग मस्ती गर्दै तृप्ती डिमरी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री तृप्ती डिमरी अहिले आफ्नो सम्बन्धका कारण चर्चामा छिन् । यसैबीच, अभिनेत्री आफ्नो अफवाह प्रेमी साम मर्चेन्टसँग रोमान्टिक छुट्टीमा गएको खबर छ । उनले आफ्नो छुट्टीको धेरै तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

साम मर्चेन्ट को हुन् ?
तृप्ती र साम सम्बन्धलाई लिएर धेरै पटक चर्चामा आएका छन् । साम एक मोडल हुन् र उनले २००२ मा ग्लाडरेग्स म्यानहन्ट प्रतियोगिता जितेका थिए । मोडल हुनुका साथै साम एक व्यवसायी पनि हुन् । साम गोवास्थित कासावार्टर्स र एव्रे गोवा फर्मका मालिक हुन् ।

तृप्तिको कामको बारेमा कुरा गर्दा, उनले आफ्नो अभिनय करियरको सुरुवात वर्ष २०१७ मा कमेडी फिल्म पोस्टर ब्वाईजबाट गरेकी थिइन् । उनी पछिल्लो पटक भुल भुलैया ३ मा देखिएकी थिइन् । फिल्म १ नोभेम्बर २०२४ मा सिनेमाघरहरूमा रिलिज भएको थियो । सन् २०२३ मा चलचित्र ‘एनिमल’ मा देखिएकी थिइन् ।

फिल्म एनिमलमा तृप्तीले निकै सानो भूमिका निभाएकी छिन् । यसका बाबजुद पनि उनले यो फिल्मबाट निकै चर्चा कमाइन् । एनिमलमा अभिनेत्री र रणवीरबीच केही बोल्ड दृश्य पनि देखाइएको थियो ।