२२ पुष २०८१, सोमबार
,
Latest
छिट्टै गाजा युद्धविराम हुनेमा ब्लिन्केन ‘विश्वस्त’ माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ भारतमा सबभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो ‘पुष्पा २’ चलचित्र ‘लाज शरणम्’को तीनवटा पोस्टर सार्वजनिक नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदिबन्दी सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य भद्रपुर उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं अवतरण सतुवा खेतीमा किसानको आर्कषण बढ्दो सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै असदको सत्ताच्युत भएपछि करिव ४० हजार सिरियालीहरू टर्कीबाट स्वदेश फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी



अ+ अ-

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।

सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अधिवेशन बोलाउनेबारे सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

बर्तौलाले भने, ‘हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार छ । पुसको अन्तिमसम्ममा बोलाउनेगरी छलफल अघि बढेको छ ।’

यस्तै, आगामी अधिवेशनबाट संसदमा विचाराधीन विधेयकहरूलाई टुंगोमा पुर्याउनेगरी छलफल अघि बढाइएको पनि बर्तौलाले जानकारी दिए ।

विपक्षी दलहरूले सरकारले संसद अधिवेशन नबोलाएको भन्दै विशेष अधिवेशन बोलाउने चेतावनी समेत दिँदै आइरहेका छन् ।