५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गर्नुभएको हो ।

सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपतिसमक्ष संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी– २ का राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएको छ ।