९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

हिउँद सुरु हुनु अगाडी नै बाढी पहिरोबाट प्रभावित हरुको व्यवस्थापन गरिन्छ : गृहमन्त्री थापा

हिउँद सुरु हुनु अगाडी नै बाढी पहिरोबाट प्रभावित हरुको व्यवस्थापन गरिन्छ : गृहमन्त्री थापा
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताउनुभएको छ । 

अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उहाँले बताउनुभयो । सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनु अगाडी नै पालमा बसेका नागरिकहरुको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘चिसो बढ्दै जाने समय छ । हिउँद सुरु हुन्छ । अहिले बाढी पहिरो प्रभावितहरु पालमा बसेका छन् चिसोमा त्यसले धान्दैन । यसका लागि तत्काल चाल्नुपर्ने स्टेप (कदम) चाल्छौँ । सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौँ । हिउँदमा चिसोले मानविय क्षति नहोस भनेर हामीले ध्यान दिएका छौँ ।’’

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३ सय ५१ बस्ती जोखिममा रहेको बताउनुभयो । यो वर्ष मानविय र भौतिक क्षति भएका समेत गरी ३ सय ५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उहाँले बताउनुभयो । जिल्लाका १८ वटा बस्तीहरु अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा सुरु हुनुअघि नै सार्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

यो वर्षको असार २४ गतेबाट भदौ २७ सम्म १ सय १३ जना गरी विगत पाँच वर्षमा सिन्धुपाल्चोकमा  प्राकृतिक विपदबाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । १७ सय ७० जना घाइते भएका छन । भने ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ । गत असार २४ गते बाह्रबिसे नगरपालिका ५ जबमु र खागदमा गएको पहिरोमा परि २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परि ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो । यो वर्ष देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ ।