९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

खेम्स क्लिनिङ प्रालिको सफाई अभियान, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै बिभिन्न क्षेत्रमा सफाई

खेम्स क्लिनिङ प्रालिको सफाई अभियान, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै बिभिन्न क्षेत्रमा सफाई
अ अ+ अ-

काठमाडौ । खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ लगायतका क्षेत्रमा क्लिनिङले सरसफाई गरेको हो । व्यवसायीक रुपमा नै सरसफाईको काम गर्दै आएको खेम्स क्लिनिङले अहिले पशुपतिनाथ मन्दिर वरपर, ह्याम्स लगायतका विभिन्न अस्पताल, गोँगबु नयाँ बसपार्क लगायतका स्थानमा सफाई गर्दै आएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश थापाले बताउनुभयो ।

अहिले पशुपतिनाथ क्षेत्रमा भिडभाड कम भएकाले सरसफाईमा सहज भएपनि दर्शनार्थीका लागि खुला भएपछि पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सरसफाईका काम अघि बढाइने उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अहिले विभिन्न सेवा क्षेत्र खुला भएपनि पशुपतिनाथ लगायतका धार्मिक स्थलहरु खुला हुन सकेका छैनन । सामान्य अवस्थामा हजारौको भिड हुने पुशपतिनाथ क्षेत्र महामारीको जोखिमका कारण खुल्न सकेको छैन । मन्दिर दर्शनका लागि खुला गरेपछि अहिलेको अवस्थामा सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि सरसफाईसँगै डिसइन्फेक्सनको काम भइरहेको उहाँले बताउनुभयो ।खेम्स क्लिनिङका सुपर भाइजर सञ्जु तिवारीले अहिले पशुपति क्षेत्र विकास कोषमा मात्रै भित्र र बाहिर गरी ९० जना भन्दा बढी जनशक्ति सरसफाईको काममा खटिएको बताउनुभयो ।

कम्पनीले सरसफाईमा खटिने कर्मचारीहरुको सेवा सुविधा र स्वास्थ्य जोखिमलाई पनि विशेष ध्यान दिएको छ । अस्पताल क्षेत्रहरुमा सरसफाईको काम गर्दा केही कर्मचारीहरुलाई संक्रमण देखिएको उहाँले बताउनुभयो । निमित सरसफाईको काममा खटिने कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउन भनिएको छ । साथै कुनैमा संक्रमण देखिएमा ७ लाखको जीवन विमा र १ लाखको कारोना विमा गरिएको उहाँले बताउनुभयो । अस्पतालमा उपचारका क्रममा रहँदा समेत कर्मचारीको आर्थिक अवस्था हेरी आर्थिक सहयोग गर्ने गरेको थापाले बताउनुभयो ।कम्पनीले नयाँ बसपार्क क्षेत्रमा पनि नियमित रुपमा सरसफाई गर्दै आएको छ ।

‘अहिले पुनः सञ्चालनको तयारीमा रहेका होटल, अस्पताल, बसपार्क, सवारी साधनहरु आदिमा पनि समय समयमा डिस्इन्फेक्सनका लागि पनि ठूलो माग आएको छ र हामीले त्यसै अनुसारका जनशक्तिहरु खटाइरहेका छौँ’, उहाँले भन्नुभयो । अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिका कारण कोरोना महामारीका बेलामा पनि यस कम्पनीले आफ्ना जनशक्तिलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त गरेर नै काम गरिरहेको छ ।

चार वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वयंसेवी रुपमा सफाई गरेको थियो । त्यसपछि नेपाल सरकार, विदेशी पर्यटक तथा नेपाल र विश्वमा रहेका नेपालीहरुको उच्च मूल्यांकनका कारण विमानस्थल सफाईमा थप समय सहयोग गरेको खेम्स क्लिनिङले गएको तीन वर्षदेखि नेपालमा व्यावसायिक रुपमा सफाईको काम गर्दै आएको छ ।