११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ एशियन गेम्सको तयारी–सदस्यसचिव घिसिङ

पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ एशियन गेम्सको तयारी–सदस्यसचिव घिसिङ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ को एसियन गेम्सको तयारी गरिरहेको बताउनुभएको छ ।

राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेलपोषण कार्यक्रमको समापनको अवसरमा आईतवार सदस्यसचिव घिसिङले २० औं एशियाली खेलकुदका लागि विशेष तयारी शुरु गरिएको बताउनुभयो ।

नेपालले १९ औं एशियाली खेलकुद सम्पन्न भएलगत्तै आगामी एसियन गेम्सको तयारी शुरु गरेको हो । सो कार्यक्रममा सदस्यसचिव घिसिङले अहिलेसम्म स्वर्ण जित्न नसकिएको उल्लेख गर्दै २० औं एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन २०२६ अन्तर्गत विशेष तयारी गरिएको बताउनु भयो ।

यस पुस्ताका खेलाडी र प्रशिक्षकमा स्वर्ण जित्ने जिम्मेवारी आएको उहाँको भनाइ छ । उहाँले न्युनतम सेवा सुविधा भएपनि खेलाडीको प्रशिक्षण गरिएको बताउनु भयो । साथै रणनीति योजनाका रूपमा पदकका सम्भावना बोकेको खेलाडीलाई वैदेशिक प्रशिक्षणका साथै राम्रो प्रशिक्षक झिकाएर पनि तयारी गर्ने सदस्यसचिव घिसिङले बताउनु भयो ।

सदस्यसचिव घिसिङले मिसन २०२६ अनुरूप खेलाडीलाई प्रशिक्षणमा मात्र सिमित नगराउने पनि स्पष्ट पारेका छन् । तयारीका लागि अन्तर्राष्ट्रिय एक्सपोजर, सुविधा सम्पन्न फिटनेस र अन्य आवश्यक पर्ने सबै पक्ष खेलाडीले तयारीका क्रममा पाउने उहाँको भनाइ छ ।
उहाँले सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माणको कार्य चाँडै सकिने जानकारी गराउँदै स्पोर्ट्स साइन्स ल्याबलाई आवश्यक पर्ने सामाग्री खरिदको प्रक्रिया पनि शुरु भइसकेको बताउनु भयो ।

उहाँले खेलाडीको पुरस्कारको व्ययवस्था कानूनमै उल्लेख भएको हुँदा खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह गर्नुभयो । घिसिङले तालिमले मात्र नपुग्ने भएकाले विश्वका स्तरीय खेलाडी र टिमसँग प्रतिष्पर्धा गर्न निश्चित योजनासहित खाका पेश गर्न सम्बन्धित राष्ट्रिय खेल संघलाई निर्देशन दिँदै जोड दिनुभयो ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गर्दै आफूले जित्न नसकेको पदक अहिलेका खेलाडीले जितेर इतिहास रचेको खण्डमा आफैँले जितेसरह हुने धारणा व्यक्त गर्नुभयो ।

प्रशिक्षकहरूका तर्पmबाट भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले उर्जा थप्नुका साथै मनोबल पनि बढाएको उल्लेख गर्दै पाएको अवसरलाई भरपुर उपयोग गर्नुपर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा हाङझाव एसियाडको करातेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भइरहेकाले अवश्य सुखद् नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको बताउनु भयो । यो विशेष प्रशिक्षण गत वर्षको मंसिर १ गतेदेखि शुरु भएको हो । विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष÷महिला कबड्डी, महिला भलिबल र गल्फका कुल ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् ।