२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना

कोरोना कहरः ८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमणको सम्भावना

कोरोना कहरः ८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमणको सम्भावना
अ अ+ अ-

काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताएका छन् । निजामती, शिक्षक, सेना, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थानमा गरी ५ लाखभन्दा बढी राष्ट्रसेवक कर्मचारीहरू रहेका छन् । यीमध्ये सबैभन्दा बढी प्रभावित प्रहरी, सेना र निजामतीतर्फ हुने विज्ञहरूको भनाइ छ ।

शनिबार मात्रै प्रधानमन्त्रीका सल्लाहकार टिममा रहेका चार जनालगायत बालुवाटारको सुरक्षामा खटिएका बहुसंख्यक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारी निकायहरू नै उच्च जोखिममा रहेको देखिएको हो । अहिले पनि कतिपय मन्त्रालयका सहसचिव, प्रहरी र सेनाका उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीहरू कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसिरहेका छन् । कोरोना संक्रमणको उद्गम मानिएको चीनको उहानबाट फर्र्किएका नेपाली विशेषज्ञ डा। रमेशकुमार आचार्यले सरकारी निकायले उच्च सुरक्षा सतर्कता नअपनाउने हो भने अबको डेढ महिनाभित्र ८० प्रतिशतभन्दा बढी सरकारी कर्मचारी तथा उच्च पदस्थहरूमा कोरोना संक्रमण हुने दाबी गरेका छन् ।

कोरोनाबारे अध्ययन अनुसन्धान गर्दै आइरहेका वरिष्ठ चिकित्सक डा. आचार्यले सिंहदरबारस्थित मन्त्रालयहरू, प्रधानमन्त्री निवास बालुवाटार, मन्त्रीनिवास पुल्चोकलगायत सरकारी निकायले सुरक्षाका महत्वपूर्ण विधिहरू अपनाउन नसकेकाले कर्मचारीहरू संक्रमणको मारमा पर्ने क्रम वृद्धि हुँदै गएको बताए । उनले सरकारका सबै कार्यालय र निकायमा दिनमा एक पटक अनिवार्य रूपमा ‘डिस्इन्फेक्टेन्ट’ गर्नुपर्ने आवश्यकता औल्याए ।

यसैगरी, डा. आचार्यका अनुसार सरकारका सम्पूर्ण निकायमा कार्यरत सुरक्षाकर्मी, चालक, सुरक्षागार्ड, खाना भकाउने भान्छेलाई अनिवार्य रूपमा पीपीईको व्यवस्था गर्नुपर्छ । यस्तै संक्रमण न्यूनीकरण गर्न सबै सरकारी कार्यालय र क्वार्टरभित्रका बाथरुम, फोनसेट, रिमोट कन्ट्रोल, प्लास्टिकका भाडाहरू, तरकारी बोक्ने झोलाहरू, पानी खाने सिसाका गिलासहरू, सरकारी एम्बुलेन्स, गाडीहरू तथा सरकारी भवनहरूमा ०।५ प्रतिशत सोडियम हाइपोक्लोराइड र ७० प्रतिशत इथानोलले प्रत्येक दिन पूर्ण रूपमा सफा गर्नुपर्ने सुझाव डा. आचार्यको छ ।

‘सरकारी कार्यालयलाई यसरी पूर्ण रूपमा सुरक्षित राख्न नसकेर लापरवाही र हेलचेकराई गर्दै जाने हो भने अबको डेढ महिनाभित्र ८० प्रतिशतभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिने निश्चित छ,’ डा. आचार्यले भने । उनका अनुसार कोरोना संक्रमणको दर यसरी नै बढ्दै जाने र लापरवाही गर्दै जाने हो भने सरकारी कार्यालय तथा अन्य भीडभाड हुने ठाउँमा अत्यधिक जोखिम बढ्ने छ । ‘यसरी नै संक्रमितहरू बढ्दै गएमा डेढ महिनापछि नेपाल सरकारका कार्यालयहरू, पार्टी प्यालेस, स्कुल, क्याम्पस जस्ता सबै निकायमा संक्रमितलाई राख्ने ठाउँ हुँदैन । धेरै सरकारी कार्यालयहरू बन्द गर्नुपर्ने अवस्था आउँछ,’ आचार्यले भने ।

चिकित्सकले सकभर भौतिक दुरी कम गरे संक्रमणबाट टाढा रहन सकिने बताएका छन् । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले उच्च पदस्थहरूले पनि संक्रमणबाट टाढा रहन भौतिक दुरी कायम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सरकारी उच्च पदस्थहरूले भर्चुअल माध्यमद्वारा नै कार्यक्रम तथा बैठक राख्ने र अबका दिनमा भेटघाटलाई बन्द गर्नुपर्ने आवश्कता औंल्याए । कोरोनाबाट बच्न मास्कको नियमित प्रयोग र आत्मानुशासन नै महत्वपूर्ण कुरा भएको डा. पुनले बताए । राजधानी दैनिक