२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट

भूकम्पपीडितको ५ अर्ब वितरण रोकियो, पुनर्निर्माण प्राधिकरणमा गुनासोको थुप्रो

भूकम्पपीडितको ५ अर्ब वितरण रोकियो, पुनर्निर्माण प्राधिकरणमा गुनासोको थुप्रो
अ अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ स्थित भीमटारका राजेन्द्र दंगालको घर भूकम्पमा भत्कियो । सरकारले खटाएका प्राविधिक आएर परीक्षण गरिदेलान् भनेर निकै समय बाटो हेरे । नआएपछि आफैं घर ठड्याए । तत्काल बासको खाँचो टर्‍यो । ‘घर भत्किएपछि बस्ने बास त चाहियो,’ उनले भने, ‘वडासँग समन्वय गरेर घर बनाएँ । ढिलो गरी प्राविधिक आएर हेरे, मापदण्ड पुगेन भने । प्राविधिकको सल्लाहअनुसार घरमा नपुगेका कुरा थपेर त्यसलाई भूकम्पप्रतिरोधी पनि बनाएँ ।’ प्राविधिकै सिफारिसमा उनले पहिलो किस्ता बुझे । तर उनले दोस्रो किस्ता अझै पाउन सकेका छैनन् । ‘घर बनाउनेलाई मात्र किस्ता पाउन गाह्रो भयो,’ उनले भने, ‘पाउनलाई पनि सोर्स लगाउनुपर्ने रहेछ ।’

यस्तो समस्या दंगालको मात्र होइन । करिब ५० हजार भूकम्पपीडितले घर बनाएर पनि रकम पाउन सकेका छैनन् । साउनदेखि निजी आवास निर्माणका लागि अनुदान वितरण भएको छैन । करिब ५ अर्ब रकम वितरण रोकिएको हो । भूकम्पपीडितले घर बनाइसके पनि अझै रकम बुझ्न पाएका छैनन् । साढे दुई महिनादेखि रकम नपाएपछि पीडित र जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दैनिकजसो फोन गरेर गुनासो गरेको गर्‍यै छन् । प्रभावित ३२ वटै जिल्लामा यति बेला रकम वितरण हुन सकेको छैन । प्राधिकरणका अनुसार महालेखा नियन्त्रक कार्यालयले सिस्टम (प्रणाली) अपग्रेड गर्न खोज्दा यस्तो समस्या भएको हो । साउनबाट नयाँ सिस्टम लागू गर्ने भनिएको थियो । ‘तर अहिलेसम्म सिस्टम चलेको छैन,’ प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘प्रत्येक व्यक्तिका नाम एकल खाता कोष प्रणालीमा रहेको हुन्छ, जुन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।’ महालेखासँग एकल खाता कोष प्रणाली सञ्चालन गर्नेबारे विभिन्न चरणमा छलफल भए पनि सञ्चालनमा आउन नसकेको उनले बताए । ‘जसले गर्दा पीडितलाई धेरै समस्या भएको हो,’ उनले भने ।

समन्वय गरेर चाँडो टुंग्याउनेतर्फ काम भइरहेको प्राधिकरणले जनाएको छ । ‘महालेखाले सिस्टम बनाइरहेको भन्ने जानकारी आएको छ, कहिले बन्छ, थाहा छैन,’ उनले भने, ‘एकल खाता कोष प्रणाली खुल्न त खुल्ला । तर पीडितले भुक्तानी पाउन ढिला भइसक्यो ।’ लाभग्राहीले प्रक्रिया पुर्‍याएर पनि रकम पाउन नसकेका घिमिरेले बताए । पीडित सबै रकमको पर्खाइमा छन् । पहिलो र दोस्रो किस्ता लिने १५र१५ हजार छन् । तेस्रो किस्ता लिने २० हजार छन् । लाभग्राहीको सूचीमा परेकाले पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ताका रूपमा १ लाख पाउनेछन् । सबै जम्मा गरेर पहिलो किस्ता ७५ करोड, दोस्रो किस्ता २ अर्ब २५ करोड र तेस्रो किस्ता २ अर्ब रकम वितरण हुन सकेको छैन । ‘पहिला पनि महालेखाबाटै काम भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयमा निजी आवास अनुदान लिनेको व्यक्तिगत खाता प्रणाली नै छ,’ उनले भने, ‘दुरुपयोग नहोस् भनेर सबैको नाम त्यहाँ राखिएको छ ।’ कोलेनिकाबाट निकासा भएपछि उसको बैंक खातामा गएर रकम जम्मा हुन्छ ।

‘अहिले सिस्टम परिवर्तन गरेर त्यसलाई प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने, ‘समग्र प्रणाली परिवर्तन गर्न खोज्दा यस्तो भएको हो ।’ पुरानोलाई परिवर्तन गर्न नसक्दा वितरणमा धेरै ढिला भएको छ । प्राधिकरणका अनुसार निजी आवास निर्माण ७० प्रतिशत सकिएको छ । २२ प्रतिशत निर्माणको क्रममा छ । जसमा तेस्रो किस्ता लिने ७६ प्रतिशत छन् । ‘तर साउनबाट निजी आवास निर्माणमा प्रगति छैन,’ उनले भने । सिस्टममा रेकर्ड अपडेट नभएकाले समस्या भएको यता महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता एवं सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलले बताए । ‘यसमा हाम्रो कार्यालय र पुनर्निर्माण प्राधिकरणका कर्मचारी बसेर मिलाउने काम जारी छ,’ उनले भने, ‘आइतबारसम्म भुक्तानी गर्न सकिन्छ कि भन्ने छ ।’ सिस्टम अपग्रेड गर्दा यस्तो भएको उनले स्विकारे ।

‘पहिलाका लाभग्राहीको डाटा सिस्टममा अपडेट हुनुपर्ने हो, त्यो नभएकाले समस्या भएको हो,’ उनले भने, ‘सिस्टमभित्रै राखेर निकासा गरौं भन्नेमा छौं, लाभग्राहीको विवरण त्योभित्र आउन सकेन, डाटा फरक पर्‍यो, फरक परेपछि सिस्टमले बजेट खर्च गर्न अनुमति दिन्न ।’ अहिले त्यही काम मिलाइरहेको उनले बताए । ‘भूकम्पप्रभावित सबै जिल्लामा समस्या छ,’ उनले भने, ‘रकम वितरण नहुँदा बढी समस्या भएको जिल्लाको मिलाएर भुक्तानी दिइहाल्न मिल्ने व्यवस्था मिलाउँदै छौं ।’ कान्तिपुर दैनिक