२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईतवारको मौसम पूर्वानुमान: केही स्थानमा हल्का बर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइबार वंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ । महाशाखाका अनुसार हाल देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पूर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का बर्षा भएको छ । यसैगरी, आइतबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ । 

भने,  प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ ।

साथै,  प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुइ स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 




भर्खरै