२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जनालाई काठमाडौँ पठाइयो



अ+ अ-

भोजपुर । जिल्लाको बोखिममा जिप दुर्घटना हुदाँ घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जिप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले रहेका उहाँले जानकारी दिनुभयो ।

गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । घाइते अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

उहाँले दुर्घटनामा झापा गौरादहका ६६ वर्षीय झम्कबहादुर घले, सोही ठाउँकी ५८ वर्षीया देवीकला घले, इलामका ४२ वर्षीय नविनकुमार राई, निजका ३१ म्हिनाका छोरा निगेल राई, भोजपुर बोखिमका ३५ वर्षीया लाक्पादिकी शेर्पा, बोमिमका ४० वर्षीया जुनुका राई, सोही ठाउँका रामकुमार राई, चालक धरानका ४० वर्षीय सुदिप लिम्बु, बोखिमका ४१ वर्षीय राजकुमार राई, धरानका ३८ वर्षीया इयाहाराना सुब्बा र इलामका ३३ वर्षीया मेनुका घले घाइते भएका जानकारी दिनुभयो ।