१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमले नयाँ बिक्रेताका लागि आवेदन खोल्यो



अ+ अ-

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नका लागि १० जिल्लामा नयाँ साधारण बिक्रेता नियुक्त गर्न आवेदन आह्वान गरेको छ। निगमको मिति मंसिर १० गतेको निर्णयअनुसार हालसम्म कुनै साधारण बिक्रेताबाट पेट्रोलियम पदार्थ बिक्री वितरण हुन नसकेका जिल्लाहरूमा नयाँ बिक्रेता छनोट गरिनेछ।

जाजरकोट, बझाङ, बाजुरा, हुम्ला, मुगु, डोल्पा, कालिकोट, मुस्ताङ, मनाङ, र रुकुम पूर्व समेतका १० जिल्ला तथा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा पेट्रोलियम पदार्थको खुद्रा बिक्रीबितरण गर्ने नयाँ साधारण बिक्रेता नियुक्तिका लागि आवेदन दिन इच्छुक फर्म, कम्पनी, संस्थाहरूलाई यो सूचना जारी गरिएको हो।

पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ (तेस्रो संशोधनसहित) को अनुसार आवेदन दिन सकिनेछ। इच्छुकहरूले नेपाल आयल निगमको केन्द्रीय कार्यालय वा क्षेत्रीय कार्यालयहरूबाट आवेदन विवरण प्राप्त गर्न सक्नेछन्। आवेदन फाराम बुझाउन मिति प्रकाशित भएको ६० दिनभित्र आवेदन पेश गर्न भनिएको छ।

थप जानकारीका लागि इच्छुक आवेदकहरूले नेपाल आयल निगमको आधिकारिक वेबसाइट www.noc.org.np हेर्न सक्ने निगमले जनाएको छ ।