५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुन्छः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम पत्रिका लोकार्पण कार्यक्रममा बोल्दै सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताउनुभयो । ‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एक पछि अर्को समस्या उधिनिँदै छ’, उहाँले भन्नुभयो ।

मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो । एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिनुभयो । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उहाँको भनाइ छ । ‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिविद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ , तर केही काम भएको छैन, यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु’, उहाँले भन्नुभयो ।

सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उहाँले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताउनुभयो । यसलाई व्यवस्थित बनाउन लाग्नु पर्ने उहाँको भनाइ छ ।