७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

साँचो प्रेम र स्नेहको वास्तविक कथा विवेक र सिर्जनाको

साँचो प्रेम र स्नेहको वास्तविक कथा विवेक र सिर्जनाको
अ+ अ-

काठमाडौँ । साँचो प्रेम त्यो हो जुन कुनै पनि परिस्थितिमा तपाईको साथमा हुन्छ । सुख र दुःखमा पनि साथ रहन्छ । भनिन्छ, कसैलाई प्रेम भयो भने उसको जीवन बदलिन्छ । तर जीवनमा परिवर्तन हुन्छ कि हुँदैन, त्यो व्यक्तिमा भर पर्छ ।

सानातिना कुराले मानिसको सम्बन्धमा दरार र सम्बन्धविच्छेद हुने युगमा प्रेमको वास्तविक अर्थ बुझाउने श्रीमान्–श्रीमतीको कथा छ । यो प्रेमकथाको सबैभन्दा ठूलो कुरा यो हो कि यसमा स्वार्थ छैन तर समर्पण छ । यो प्रेमकथाको अहिले जताततै चर्चा भइरहेको छ ।

यो प्रेमकथा सामाजिक सञ्जाल सेन्सेसन विवेक पंगेनी र उनकी प्रेमिका सिर्जनाको हो । विवेक पंगेनीको निधन डिसेम्बर १९ मा भएको थियो । उनी क्यान्सरबाट पीडित थिए । जबसम्म उनलाई यो रोगको बारेमा थाहा भयो, धेरै ढिलो भइसकेको थियो ।

चौथो स्टेजमा पुगेपछि विवेकलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । विवेकले साहसका साथ यो घातक रोगको सामना गरे । यस कार्यमा उनलाई उनकी श्रीमती सिर्जनाले पूर्ण सहयोग गरिन् । उनी सधैं विवेकको नजिकै बस्थिन् । विवेक र सिर्जनाको प्रेमकथा पनि निकै प्रेरणादायी छ ।

विवेक र सिर्जनाको प्रेम कथा निकै विशेष छ । सिर्जनाले श्रीमान्सँग बिताएका हरेक पल इन्स्टाग्राममा सेयर गरेकी छिन् । पूरै सामाजिक सञ्जाल उनीहरूको प्रेमको प्रमाण भिडियो र फोटोहरूले भरिएको छ । सिर्जनाले एक पोस्टमा आफ्नो प्रेमकथा बताएकी छिन् । उनले आफ्नो पोस्टमा विवेकसँग नौ वर्षअघि भेटेको बताएकी छन् । विवेक स्कुलमा सिनियर थिए ।

विवेक र सिर्जनाको प्रेमकथा फिल्मी कथा जस्तै छ । ६ वर्ष एकअर्कालाई डेट गरेपछि उनीहरुले विवाह गरेको सिर्जना बताउँछिन् । गत वर्ष विवेक पीएचडी पढ्न अमेरिका गएको उनले भिडियोमा बताइन् । ‘विवेक र म धेरै खुसी थियौं र हाम्रो सपनालाई आकार दिन आतुर थियौं ।’ सिर्जना भन्छिन् ।

सन् २०२४ को सुरुदेखि विवेकलाई लगातार टाउको दुख्न थालेको थियो । केही दिनपछि उनलाई हिँड्न समेत समस्या हुन थाल्यो । डाक्टरकहाँ चेकअप गर्न गएपछि विवेकले आफूलाई केही नहुने बताए । एमआरआई गरेपछि रिपोर्टमा उनको चौथो स्टेजको ब्रेन ट्युमर भएको खुलेको थियो । केही समयपछि विवेकको दुईवटा ठूला शल्यक्रिया भयो र अब विवेकको ६ महिना मात्र बाँकी रहेको चिकित्सकले बताए ।

क्यान्सर भएको थाहा पाएपछि विवेक धेरै रोए । दुवैलाई धेरै गाह्रो भयो । एक भिडियोमा विवेकको झरेको कपाल देखेर सिर्जनाले हिम्मत दिन आफूले पनि कपाल काटेको देख्न सकिन्छ । उनको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गयो र एक दिन उनले यो संसार छोडे । बिहे भएको ४ वर्ष मात्रै बितेको थियो सिर्जना छोडेर विवेक अस्ताए ।

विवेकको घर बर्दियाको बढैयाताल गाउँपालिका वडा ५ राजपुर मैनापोखर हो । विवेकको उपचार भइरहेको अवस्थामा गत भदौ २१ गते नेपालगन्जबाट बर्दिया जानेक्रममा उनका भाई विपिनको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । विवेकका बुबा मिनराजले केबल चार महिनाको अन्तरालमा दुवै छोरा गुमाएका छन् । डेढ वर्षअघि पत्नी शोकमा परेका मिनराजलाई एकपछि अर्को बज्रपात परेको छ ।