४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेससभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, गरे कुर्सी तोडफोड



अ+ अ-

काठमाडौं ।  प्रदेश नम्बर ५ को प्रदेशसभामा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्। सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने  माग गर्दै कांग्रेसका सांसदहरुले टेबुल तोडफोड गरेका हुन् ।  

सोमबार दोस्रो पटक बसेको बैठकमा विपक्षी दल नेपाली कांग्रेसले नाराबाजीसहित प्रदर्शन गरेका छन् । सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस उठेर रोष्टम घेर्न पुगेका थिए। उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन्।

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्। अहिले सभामुखले सांसदलाई बोल्न समय दिएका छन्।