९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा बसेका नेपालीले समेत खरिद गर्न पाउने नागरिक बचतपत्रको बिक्री खुला



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री आजदेखि खुला गरेको छ । अनलाइनमार्फत आवेदन दिन सकिने नागरिक बचतपत्र विदेशमा रहेका नेपालीले समेत खरिद गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि अनलाइनको व्यवस्था नहुँदा आवश्यक कागजातसहित भौतिकरुपमा सम्बन्धित बैंकमा उपस्थित भई आवेदन दिनुपर्ने अवस्था थियो ।

मङ्गलबार चैत १ गतेदेखि आवेदन सङ्कलन गरिने नागरिक बचतपत्रमा चैत २० गतेसम्म आवेदन दिन सकिने केन्द्रीय बैंकले जनाएको छ । तर तोकिएको समयभन्दा अगावै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० गतेभन्दा अघि नै आवेदन बन्द हुनेछ ।

राष्ट्र बैंकले पहिलो चरणमा रु दुई अर्ब बराबरको नागरिक बचतपत्र बिक्रीका लागि आवेदन सङ्कलन गर्नेछ । ‘नागरिक बचतपत्र २०८३ क’ नाम दिइएको सो बचतपत्रमा घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमभन्दा नबढाई रु १० हजारले भाग निशेष जाने रकम लगानी गर्न सकिने सूचनामा उल्लेख छ ।

चैत ३० गते बचतपत्र निष्कासन गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । सो बचतपत्र पाँच वर्षमा परिपक्व हुनेछ । यस बचतपत्रका लगानी गर्दा वार्षिक १० प्रतिशत ब्याज प्राप्त हुनेछ र प्रत्येक छ÷छ महिनामा ब्याज पाइनेछ ।