८ पुष २०८१, सोमबार
,
Latest
सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव त्रिभूवन विमानस्थलको सुधारको कार्ययोजना १५ दिनभित्र पेश गर्न मन्त्री पाण्डेको निर्देशन ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छः नेता सिटौला राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छः उपप्रधानमन्त्री सिंह बालकोटमा बाबु–छोरा मृतावस्थामा भेटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको हिरासतभित्रै फोटो खिच्ने निकोलस पक्राउ



अ+ अ-

काठमाडौं । पोखरा प्रहरीको हिरासतमा रहेका बेला सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन् ।

काठमाडौंको थलीबाट भुसाललाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । भुसालमाथि थप अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले पोखरा पठाउँदै छ ।

भुसालले लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए । गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताएका थिए ।

उक्त फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपाको कार्यकर्ताले भाइरल बनाएको भुसालको भनाइ छ । आफू रास्वपाको सदस्य नभएको समेत उनले बताएका थिए ।

पछि लामिछानेलाई भेट्न जाँदा मोबाइल प्रहरीलाई बुझाएको पनि भुसालले बताएका छन् ।

लामिछाने पक्राउ परेदेखि कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया, सूचना अधिकारीसमेत रहेका डिएसपी बसन्त शर्मा लगायतले कार्यालयमा अरू प्रयोजनमा जाने सेवाग्राहीलाई पनि मोबाइल लैजान प्रहरीले रोक लगाएका छन् ।

भुसालले भने प्रहरी गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको बताएका छन् ।