२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूटानसँगको युथ मैत्रीपूर्ण फुटबलमा नेपालको खराब प्रदर्शन



अ+ अ-

काठमाडौँ । नेपालले भूटानका दुई फरक उमेरसमूहका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा खराब प्रदर्शन गरेको छ ।

घरेलु मैदानमा सम्पन्न भूटानको यु–१६ र यु–१९ महिला टोलीसँग नेपालले समान एक मैत्रीपूर्ण खेल खेले पनि जित निकाल्न भने सकेन । एक समय भूटानमाथि गोल वर्षा नै गर्ने नेपालको प्रदर्शन बिर्सनलायक नै रह्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार नेपाली यु–१९ महिला टोली भूटानसँग १–१ को बराबरीमा खुम्चियो । नेपालले बराबरीको नतिजा सामना गरे पनि भुटानी टोलीले सुन्दर फुटबल खेलेको थियो । सटिक र सुन्दर पाससँगै फिटनेसमा पनि भूटानी टोली अब्बल रह्यो । यसैको मद्दतमा भूटानले पुनरागमन गर्दै बराबरीको नतिजा ल्याएको हो ।

यससँगै नेपालले भूटानसँगको दुई मैत्रीपूर्ण खेलमा एक पनि निकाल्न सकेन । गत शुक्रवार नेपालको यु–१६ महिला टोलीले ५–१ को लज्जास्पद हार व्यहोरेको थियो । यु–१९ नेपाली टोलीले जित निकाल्ने अपेक्षा गरे पनि हुन सकेन । आईतवार शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाली यु–१९ टोली भूटानसँग रोकिएको हो ।

पाहुना टोलीले नेपालमाथि राम्रो फुटबल प्रदर्शन गरेको थियो । एकेडेमीका खेलाडी र लामो समयदेखि तयारी गरेको भूटानी टोलीको प्रदर्शनबाट स्पष्ट देखिन्थ्यो । नेपाली टोलीको प्रदर्शन भने सुखद् रहेन । नेपाली खेलाडी शारीरिक रूपमा फिट देखिएन ।

यद्यपि पहिलो हाफ गोलरहित बराबरी नै भयो । तर दोस्रो हाफ सुरू भएको दोस्रो मिनेटमै नेपालले अग्रता लियो । सुशीला केसीको गोलमार्फत नेपालले शुरूवाती अग्रता लिएको हो । भुटानका डिफेन्डरको खराब क्लियरेन्सको फाइदा उठाउँदै सुशीलाले डिबक्स बाहिरबाट वान टचमा टप कर्नरमा गोल गरेकी हुन् ।

तर उक्त अग्रता नेपालले अन्तिमसम्म कायम राख्न सकेन । निर्धारण समय सकिन ९ मिनेट बाँकी रहँदा फुन्टोस छोडेनले गोल गर्दै भुटानलाई खेलमा फर्काइन् । उनले प्रिया घलेको क्रसमा उनले गोल गरेकी थिइन् ।

त्यसपछि नेपाली टोलीले गोल फर्काउन सकेन र १–१ को बराबरीमा नै खेल टुंगियो । भुटानकी प्रशिक्षक टंकमाया घलेले लामो तयारी गरेअनुरूप नतिजा प्राप्त भएको उल्लेख गर्दै छिटै महिला साफ जित्ने विश्वास व्यक्त गरिन् ।