७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

पोखरामा दोस्रो संस्करणको ‘ड्रागन बोट रेस’ हुने

पोखरामा दोस्रो संस्करणको ‘ड्रागन बोट रेस’ हुने
अ+ अ-

काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही पुस १४ गतेदेखि नेपाल–चीन मैत्रिपूर्ण ‘ड्रागन वोट रेस’ प्रतियोगिता हुने भएको छ । पर्यटकीय राजधानी पोखरामा हुने दोस्रो सङ्करणको ड्रागन वोट रेस प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह–आयोजनामा ड्रागन वोट रेस आयोजना हुने भएको हो ।

दुई सय र पाँच सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दूरीका प्रथम विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले एक हजार दुई सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिने आयोजकले जनाएको छ ।

ड्रागन वोटको दोस्रो संस्करण पनि फेवाताल हुनेछ । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा उक्त प्रतियोगिता आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूतावासमा डेपुटी चिफ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रवर््द्धन हुने अपेक्षा राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल र चीनबीचको संस्कृति आदनप्रदानका साथै नेपालको पर्यटन उद्योगको विकास गर्न, नेपालको पर्यटकीय क्षेत्र र खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रचार गरी विकास गर्न प्रतियोगिता उपयोगी हुनेछ । नेपालको पर्यटन प्रवर्द्धन गर्न चीन सधैँ सकारात्मक छ ।”

बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय बजार भएको उल्लेख गर्दै ड्रागन वोट रेसले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ड्रागन वोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण थपेको बताउनुभयो ।

“यो आकर्षक प्रतियोगिता भएकाले उत्साहित छौँ । नेपालको दोस्रो ठूलो स्रोतबजारबाट पर्यटकलाई आकर्षण गर्न र गन्तव्य प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले  महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ”, कार्यकारी प्रमुख जोशीले भन्नुभयो, “प्रतियोगितालाई विगतभन्दा अझ सशक्त र प्रभावकारी बनाएर लैजान सकेमा चीनसँगको सम्बन्ध विस्तार हुने र थप प्रचारप्रसार भएर पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”

चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौँ महिनाको पाँच गते चीनमा ‘ड्रागन वोट फेष्टिभल’ आयोजना हुन्छ ।

चीनका विभिन्न प्रान्तमा तीनदेखि सात दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन वोट फेष्टिभल चीनको चार ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ ।

सन् २०१९ मा चीनबाट एक लाख ६९ हजार पाँच सय ३४ र २०२३ मा ६० हजार आठ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ को जनवरीदेखि नोवेम्बरसम्म ९२ हजार आठ सय ४८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडिसहितको प्रतिनिधिमण्डल विमान चार्टड गरेर पोखरा आउने आयोजकले जनाएको छ । रासस