७ पुष २०८२, सोमबार
,
Latest
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश पाँचको राजधानी राख्दा कुनै राजनीतिक पूर्वाग्रह छैन- मुख्यमन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले यस प्रदेशको राजधानीका लागि प्रस्ताव गरिएको भालुवाङले यस प्रदेशकै समग्र विशेषताको प्रतिनिधित्व गरेको बताएका छन् । प्रदेश नं पाँचको राजधानी राख्ने विषयमा आज प्रदेश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले यो राजधानी कुनै पूर्वाग्रहका साथ नराखिएको स्पष्टीकरण दिए । भालुवाङले पाँच नम्बर प्रदेशको विशेषतालाई विशेष रुपमा प्रतिनिधित्व गर्दछ । त्यसले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व त्यसले गर्दैन । त्यसले यस प्रदेशका प्राय सबैजसो जिल्लाका बासिन्दाहरु आएर बसोबास बसेका छन् । 

राजनीतिक आग्रहका रुपमा यो नयाँ ठाउँ तय गरिएको होइन उनले भनेका छन् । उनले अहिले नै राजधानी सार्ने नभएर प्रस्तावित स्थानमा बनाउने हो भने ।  

उनले भने- 'जुन ठाउँ हामीले तय गरेका छौँ त्यो सबैको साझा हुन्छ । त्यहाँबाट यस्तो नदी बग्छ त्यस राप्ती नदीले बाँके र बर्दिया जिल्लालाई पनि मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ । कर्णाली प्रदेशको या सुदूरपश्चिम प्रदेशको गेटवेका रुपमा पनि नेपालगञ्जलाई लिइन्छ र त्यसबाट यो नजिक छ ।' 

उनले लुम्बिनीले क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले रामग्रामको मास्टर प्लान भएको, तिलौराकोटको आयोजना अघि बढेको छ । कपिलवस्तुको विकासका आयोजना बनेका आदि बताए । 

बुटवलमा व्यावसायिक आयोजनाहरु धेरै अघि बढेका छन् । नुवाकोट र वशन्तपुर डाँडालाई जोड्ने कामका लागि हामीले निजी क्षेत्रसँग प्रक्रिया अघि बढीसकेको छ । यस क्षेत्रमा रहेका हिल स्टेसनको विकास गरी पर्यटकीय राजधानीका रुपमा विकास गर्ने निर्णय गरेका छौँ । 

यहाँ राजधानी रहेन भन्दैमा यस क्षेत्रको विकास हुदैन कि भन्ने भ्रम नराख्न आग्रह गरेका छौँ उनले भने ।