काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत २७ औं खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
१५४ रनको लक्ष्य पछ्याइरहेको पोखराका कप्तान कुशल भुर्तेल खाता नखोलि पेभिलियन फर्किएका छन् ।
तीन बल खेलेका उनलाई सुदूरपश्चिमका स्कट कुगलाइनले आउट पारे । पछिल्लो समय भुर्तेलको खराब लय जारी छ । उनले रन बनाउन सकिरहेका छैनन् । यो समाचार लेख्दासम्म पोखराले ७.४ ओभरमा ४ विकेट गुमाएर ५६ रन जोडेको छ ।










