१९ मंसिर २०८२, शुक्रबार
,
Latest
लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर कति ?



अ+ अ-

काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।

अघिल्लो महिनाको तुलनामा पुषमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.०४ प्रतिशतले बढेको छ । मंसिरमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७ प्रतिशत रहेकोमा पुसमा ६.०१ प्रतिशत पुगेको छ।

पुस मा २० वाणिज्य बैंकमध्ये १४ बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै, तीन वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् ।

ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

एसबीआई, प्रभु, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आईएमई, कुमारी, एभरेस्टलगायतका बैंकले यथावत राखेका छन् ।