काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले काठमाडौँलाई ११८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन जोड्यो ।
उसका लागि राजेश पुलामी मगरले २५, दिपक बोहराले २०, स्कट इडवाड्रसले १५, बसिर अहमदले १३, निकोलस किर्तोनले १२ रन जोडे । यस्तै, उसले अतिरिक्त १२ रन पायो ।
बलिङतर्फ काठमाडौँका जेरहार्ड इरास्मसले तीन, दिपेश कँडेलले दुई तथा करण केसी, शाहब आलम र डान डाउथवेटले एक–एक विकेट लिए ।









