६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरविरुद्ध काठमाडौंले टस जित्यो, पहिले फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पहिलो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौंले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । किर्तिपुरस्थित टियु मैदानमा केहिबेरमै सुरु हुने खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले बलिङ रोजेका हुन् ।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । काठमाडौंलाई आजको खेल जित्नै पर्ने दबाब छ । विराटनगर किङ्ग्सले छ मध्ये दुई खेलमात्र जितेको छ भने टोलि प्लेअफको दौडबाट बाहिर भइसकेको छ ।