२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा मन्त्री केसीलाई संक्रमण पुष्टि भएको हो । 

मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री केसीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।  

कुँवरका अनुसार मन्त्री केसी हाल मन्त्री निवासमै आइसोलेसनमा बसेका छन् । रुघाबाहेक स्वास्थ्यमा अन्य समस्या नरहेको कुँवरले बताए ।