२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको आर्थिक स्थिति सुधारोन्मुख: राष्ट्र बैंक



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकले देशको आर्थिक स्थिति सुधारोन्मुख रहेको जनाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दे राष्ट्र बैंकले वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५ दशमलव ६ प्रतिशतमा कायम रहेको तथ्यांकले देखाएको हो ।

तथ्यांक अनुसारआयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ ।

तथ्यांक अनुसार नेपाल सरकारको खर्च रु.४१५ अर्ब २ करोड र राजस्व परिचालन रु.३२३ अर्ब २४ करोड रहेको छ । यसैगरी विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

तथ्यांकअनुसार आयात र निर्यातमा क्रमश: शून्य दशमलव २ प्रतिशत र ४ दशमलव २ प्रतिशतको वृद्धि भएको छ भने विप्रेषण आप्रवाह ९ दशमलव १ प्रतिशतले वृद्धि भई विदेशी विनिमय सञ्चिति १६ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Four Months data of 2081.82)