काठमाडौं । नेपाल नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
केहिबेरमै सुरु हुने खेलमा पोखराले टस जितेर ब्याटिङ रोजेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
जारी प्रतियोगितामा कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ ।
कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो ।
कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।
यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।










